नयाँ पार्टी उर्लदो खहरे हुनः रमेश लेखक

18k Shares

रामेछाप, ६ साउन । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन ।  बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीवाट नै निकास निस्कने दाबीसमेत गरेका छन ।

रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमका लागि प्रमुख अतिथि भएर आएका लेखकले भने, ‘कांग्रेस सुख्खायाम मानिने हिउँदको मंसिर पुसमा पनि उत्तिकै लयमा बग्ने नदी समान पार्टी हो, अरु खहरे हुन्, ती मंसिर आए पछि देखिदा पनि देखिदैनन् ।’ 

पार्टीका संस्थापक बीपी कोइराला कांग्रेसको नेता मात्रै नभएर महामानवसमेत भएको बताउँदै खरेलले हरेक कांग्रेसले बीपीको सिद्धान्तमा हिडनु पर्ने र उनका बिचार अनुसरण गर्नुपर्नेमा जोड गरेका छन् ।  

सम्बन्धित समाचार