काठमाडौं । नेपाल प्रहरी संगठनका प्रत्येक सदस्यको दायित्व र भुमिका नागरिकको जिउ–धनको सुरक्षा गर्नु, राष्ट्रमा शान्ति शु–व्यवस्था कायम राख्नु प्रमुख दायित्व र मुलमर्म रहन्छ ।
नजिकदै गरेको हिन्दुहरूको महानचाडपर्ब नजिक आउँदा सुरक्षा नितीप्रति संगठनका सदस्यहरू झन चनाखोपुर्ण रहन जरूरी छ, बिगत ३ महिनाबाट आप्mनो कार्यकाल सम्हालेका स्वयम्भू बृतलाई स्थानीय सुरक्षाको रणनीति चुनौती थियो चोरी, लुटपाट, लागुऔषध जस्ता अपराधको जालो तोड्न । जटिल बिषय हँुदा पनि आज भोली स्थानीयस्तरमा सुरक्षाको निती उल्लेखनीय पाईन्छ, यस स्थानको मुल अपराध चोरी, लाग्गु औषधजस्ता अपराध न्युनिकरणको आभाष लिन सकिन्छ, मदिरा, लाग्गु औषधले राष्ट्रका युवा शक्ति तहस नहस हुने अवस्थालाई नजरअन्दाज गर्दै हाल यस क्षेत्रका रिसोर्टमा गाँजा, चरेशजस्ता बस्तु बिक्री बितरण गर्ने रिसोर्टलाई कडा गर्नु नै अपराध न्युनिकरणको आधार मान्न सकिन्छ ।
अपराधमा लाग्गु औषध, मदिरा जस्ता बस्तुले अधिक्तम उत्साह गर्ने हँुदा यस्तो बस्तु ओसार पसार बिक्री बिक्रीमा रोक्नु नै अपराध न्युनिकरण हुने हुँदा यसमा बिशेष कार्ययोजना अनुरूप अधि बढेको जानकारी स्वयम्भु बृत प्रमुख डीएसपी मिलन के.सी बताउछन् । नागरिकको सुरक्षा र आउँदै गरेको महानपर्ब लाई मध्यनजर गरी स्थानीयमा रहेका होटेल, लजहरूमा तोकिएको समयमा कारोबार र व्यवसाय बन्द नगरे कडा कार्बाही हुने गरेको जानकारी दिए । चोरी न्युनिकरण यस क्षेत्रको अल्लेखनि ,सुधार नै शान्ति सुरक्षाको आभाष बारे स्थानिय समाज सेबी हरू बताउछन् । शान्ति सुरक्षा नै मेरो आधारको कार्य रहँदा अपराधीसँग कुनै सम्झौता नहुने र त्यसका लागि आफनो बर्दिनै छोडनु परे पनि पछि नहट्ने डीएसपी केसी बताउँछन् ।