काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
आज देशभर १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पिसिआर परीक्षण भएको छ ।