17.5k
Shares
काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । हालसम्म प्रहरीमा ४ हजार ९६३ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये २ हजार १४ जना उपचाररत छन् भने २ हजार ९४९ जना डिस्चार्ज भइसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयमै ३८५ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६८३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै प्रदेश १ मा १६२ जना,प्रदेश २८५ जना,वाग्मती प्रदेशमा १४६ जना,गण्डकी प्रदेशमा १९१ जना,लुम्बीनी प्रदेशमा १८७ जना,कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।