वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

18.6k Shares

काठमाडौं, कार्तिक १२ । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर पुगेका छन् ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार