दरबन्दी प्रदेश बाहिर भएकालाई महत्त्वपूर्ण जिम्मेवारी, डिआइजी बसन्त कुंवरकाे बनावटी नारा

24k Shares

धनुषा भावी प्रहरी महानिरीक्षककाे दाबेदारकाे रूपमा रहेका मधेस प्रदेशका डिआइजी बसन्त कुंवर आंफैले दिएको लिखित एवं माैखिक परिपत्र निर्देशन कार्यान्वयन नहुदा पनि लाचार भएर बसेका छन् ।प्रहरी मुख्यालयले देशभरका प्रहरी निकायमा परिपत्र गरि काजमा बसेका सबैलाई दरबन्दीमा अनिवार्य रूपमा पठाउन निर्देशन दिएको थियो त्यही निर्देशन अनुरूप डिआइजी कुंवरले मधेस प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई साेही नीति अनुसार कार्य गर्न नगरे वा कार्यान्वयन नगरेको देखिएमा कार्यालय प्रमुखलाई कार्वाही गर्ने भनी लिखित माैखिक परिपत्र एवं निर्देशन दिएका थिए तर उक्त निर्देशन एकाध ठाउँमा कार्यान्वयन भए पनि बांकी ठाउँमा भने कार्यान्वयन भएको छैन कार्यालय प्रमुखहरूले डिआइजी कुंवरकाे निर्देशन हावामा उडाई दिएका छन् उसबाट उनको कमान्ड कति कमजोर फितलो भन्ने कुरा पनि पुष्टि भएको

दरबन्दी प्रदेश बाहिर भएर पनि नजाने महत्त्वपूर्ण स्थानमा बसी गैरकानुनी रूपमा रकम असुलीमा सक्रिय एक हुन सई बव्लु ठाकुर उनको दरबन्दी उदयपुर हो । तर जागिरमा प्रवेश गरेदेखि नै धनुषामा कार्यरत उनी कहिले अाैरही जस्तो तस्करी हुने नाका कहिले घुमुवा अनि कहिले प्रशासन शाखामा बसेपनि एसपीकाे रकम उठाउने एसपीलाई तस्कर भेटाउने जस्ता काममा सक्रिय रहदै आएका छन् बडा प्रहरी कार्यालय मुझेलियामा कार्यरत रहदा समेत उनी एसपी बसन्त रजाैरे अहिलेका एसपी विश्व खड्काकाे लागि व्यापारी तस्करहरूबाट रकम उठाउने काममा सक्रिय रहदै आएका छन् अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको कर्मचारी प्रशासन शाखामा कार्यरत देखाएर एसपी बिश्व खड्काले उनलाई रकम उठाउने काममा प्रयोग गरिरहेका छन् धनुषाको चर्चित तस्करको रूपमा चिनिदै आएका राजिव महासेठसंग सई बव्लु ठाकुरले ठूलो टेलिभिजन मागेको उजुरी प्रहरी प्रधान कार्यालय प्रदेश प्रहरी प्रमुख बसन्त कुंवर सम्म पुगेको भए पनि छानबिन भने अझै भएको छैन राजिव महासेठ कपडा किराना सामानको तस्करी गर्ने चर्चित तस्कर हुन धनुषाको

सम्बन्धित समाचार