थप १५ सय ५१ जनामा संक्रमण

18.7k Shares

पछिल्लो २४ घन्टामा देशभर १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
यो अवधिमा ११ हजार ४७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज थप भएको समेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ९० हजार आठ सय १४ पुगेको छ ।
आज  २३ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६७ हजार पाँच सय ४२ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 
संक्रमित निको हुने दर ७४.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले बताए ।
सक्रिय संक्रमितको संख्या २२ हजार सात सय नौ  पुगेको छ । 
संस्थागत आइसोलेसनमा नौ हजार एक सय १८ जना र होम आइसोलेसनमा १३ हजार पाँच सय ९१ जना रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये  दुई सय ४३  जना आइसियू र ४० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा . गौतमले बताए । 

सम्बन्धित समाचार