21.9k
Shares
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २२५३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ ।
२४ घण्टामा १ हजार ३२९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हजार पुगेको छ । देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित छन् ।