20.3k
Shares
काठमाडौं : राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वीर अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सीईओ ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको हो । गत सोमबार गरिएको स्वाब संकलनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि सीईओ ज्ञवाली होम आइसोलेसनमा बसेका छन् ।
ज्ञवालीलाई कोरोना संक्रमण देखिएपछि उनका परिवारका सदस्यको पनि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । तर, उनका परिवारका अन्य सदस्यको रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ ।