प्रहरीको रुखो स्वभावप्रति सर्वत्र आलोचना

18.6k Shares

काठमाडौं । नेपाल प्रहरी संगठनमा विगतका भएको विभिन्न घटनाक्रमले संगठनको बदनाम बन्दै गए पनि शैलेश थापा क्षेत्रीले संगठनको नेतृत्व गरेपछि प्रहरी संगठनमा केही सुधार भएको पाइएको थियो । 
प्रहरी महानिरीक्षक शैलेल थापा क्षेत्री निकै नरम स्वभावका छन् । तर पछिल्लो समय उनको नेतृत्वको प्रहरी भने रुखो हुँदै गएको छ । महानिरीक्षक थापाले कार्यशैली सुधार गर्न निर्देशन दिएपनि फिल्डमा कार्यान्वायन भएको छैन ।
पछिल्लो समय प्रहरीको रुखो व्यवहारको विषयलाई लिएर सर्वत्र आलोचना भइरहेको छ । यो विषयले प्रहरी मात्र होइन सरकार नै आलोचित बन्न पुगेको छ । पछिल्लो एक महिनामा नेपाल प्रहरी एकपछि अर्काे विवादमा फसिरहेको छ । जसले प्रहरीको छवी धुमिल बनिरहेको छ, जनताको आक्रोश प्रहरीमाथि बढेको छ । हिरासतमा यातना, शान्तिपूर्ण प्रदर्शनमा अत्याधिक बल प्रयोग तथा डा. गोविन्द केसीमाथि बल प्रयोगको घटनाले प्रहरीको आलोचना बढेको हो । 
यसको पछाडि तालिमदेखिकै समस्या रहेको प्रहरी अधिकारीहरू बताउँछन् । भिड नियन्त्रण कसरी गर्ने भन्ने विषयमा प्रहरीलाई पर्याप्त तालिमको कमी छ । अर्काेतर्फ स्रोत साधन पनि पर्याप्त छैन ।
अर्काे कारण भने प्रहरी कर्मचारीमा डिउटीप्रति उत्साह छैन । कोरोना महामारीको बेला प्रहरीमा संक्रमण धेरै भएकाले पनि उनीहरू तनावमा छन् । यस्तो अवस्थामा सरकारले दिने भनेको भत्ता समेत उपलब्ध नगर्दा पनि त्यसको असर फिल्डमा समेत पर्ने प्रहरी अधिकारीहरूको भनाई छ ।
प्रहरीको बल प्रयोग पछिल्लो समय बढेको होइन । पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको युग भएकाले सानो घटना पनि भाइरल भइहाल्ने भएकाले बढी चर्चा भएको हो । यस्तो अवस्थामा प्रहरीले फिल्डमा अझै धेरै संवेदनशील हुनु जरुरी देखिएको छ ।
पछिल्लो एक महिनामा नेपाल प्रहरी एकपछि अर्काे विवादमा फसिरहेको छ । जसले प्रहरीको छवी धुमिल बनिरहेको छ, जनताको आक्रोश प्रहरीमाथि बढेको छ । हिरासतमा यातना, शान्तिपूर्ण प्रदर्शनमा अत्याधिक बल प्रयोग तथा डा गोविन्द केसीमाथि बल प्रयोगको घटनाले प्रहरीको आलोचना बढेको हो । तर, यी घटनाबाट प्रहरीले पाठ सिक्न सकेको छैन ।
केही महिनायता प्रहरी हिरासतमा शंकास्पद मृत्युका घटना बढेका छन् । प्रहरी पछिल्लो समय विवादमा परेको सबैभन्दा ठूलो घटना रौतहटको हो । पक्राउ परेका एक युवकको प्रहरी यातनाबाट मृत्यु भएपछि यो घटनाले सिंगो प्रहरी बदनाम भएको छ । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ११ भदौमा प्रहरी यातनाबाट मृत्यु भएको थियो ।
सोे घटनामा एसपी र डिएसपीसहितका प्रहरीमाथि कारबाहीको सिफारिस भइसकेको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको र त्यहीअनुसार कारबाही प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ ।
छानविन समितिको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिएको हो । प्रवक्ता चक्रबहादुर बुढाका अनुसार प्रतिवेदनमा उल्लेख भएअनुसार प्रहरी नियमावलीअनुसार एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको छ । रौतहटका तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई यसअघि नै सरुवा गरिएको थियो । विजयरामलाई हिरासतमा यातना दिने जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नविनकुमार सिंह, हवल्दार मुन्नासिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिएको थियो । घटनामा संलग्न प्रहरी जवानहरू रुपेश कुशवाहा र अजय यादवलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ । सो घटनामा सरकारी वकिल कार्यालयमार्फत् जाहेरी समेत दर्ता भइसकेको छ । तर,प्रहरीले अनुसन्धान प्रक्रियामा चासो दिएको छैन । पीडित पक्षले आन्दोलन जारी राखिरहेका छन् । अनुसन्धानका नाममा अनाबश्यक बल प्रयोग गर्दा केही प्रहरी अधिकारीको जागिर धरापमा परेको छ भने प्रहरीमाथि जनताको अविश्वास बढाएको छ ।
त्यस्तै, भिड नियन्त्रणमा पनि प्रहरीको कार्यशैली निकै विवादास्पद बन्न पुगेको छ । केही दिन अगाडि कुलमान घिसिङको पक्षमा राजधानीमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग ग¥यो । एक युवकलाई प्रहरीले लखेटी लखेटी कुटेको थियो । अर्का युवकको टाउको फुट्यो । एक जनालाई मिडियामा अन्तर्वार्ता दिँदादिँदै अर्का युवकलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको थियो । बिजुलीबजारमा भएको कार्यक्रममा पनि प्रहरीले अत्याधिक बल प्रयोग ग¥यो । प्रहरी बल प्रयोगका भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि प्रहरी यस विषयमा छानबिन गर्न बाध्य बनेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्राचार्यको नेतृत्व यी घटनाको छानबिन गरिरहेको छ ।
त्यसैगरी, चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्दै आएका डा गोविन्द केसीमाथि प्रहरीले गरेको बल प्रयोगको घटनाले पनि प्रहरीप्रतिको सम्मान घटाएको छ । एम्बुलेन्समा रहेका डा.केसीलाई दुई डिएसपीले अपराधीलाई जस्तो व्यवहार गरेका थिए । एम्बुलेन्सबाट जबरजस्ती तानेर उनलाई निकालिएको थियो ।
जुम्लाबाट काठमाडौं आएपछि डा. केसी शिक्षण अस्पताल जान चाहेका थिए । तर, माथिको आदेश भन्दै प्रहरीले ट्रमा सेन्टर पु¥यायो । जहाँ पुगेपछि उनी एम्बुलेन्सबाट झर्न मानेनन् । उनको हातमा स्लाइन लगाइएको थियो । स्लाइन लगाइएको हातलाई एक डिएसपीले जबरजस्ती तानेको दृश्यले प्रहरीको अमानवीयता झल्काउथ्यो । सादगी चिकित्सक डा. केसीमाथि भएको यो दुव्र्यवहारले प्रहरीमाथि प्रश्न उठेको छ । यो घटनाका पनि महानगरीय प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।
 

सम्बन्धित समाचार