भैरहवा । राज्यलाई तिर्नुपर्ने करोडौं राजश्व नतिरेपछि फाेटाे सहित सार्वजनिक भएका क्यासिनो संचालकलाई प्रहरीले भिआइपी कक्ष प्रयोग गर्न दिने गरेको खुलासा भएको छ । धेरै क्यासिनोहरूमा लगानीकर्ताकाे रूपमा रहेर अहिले भैरहवा स्थित निर्माणा हाेटलमा रहेको गाेल्डेन स्टार क्यासिनोका संचालक मध्येका एक रहेका मनाेज सुबेदीलाई नेपाल प्रहरीले एयरपोर्टमा भिआइपी कक्ष उपलब्ध गराउने गरेको खुलेको हो । राप्रपाबाट एमालेकाे सहयोगमा गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट निर्वाचित दीपक बाेहाेरा समेतको लगानी रहेको उक्त क्यासिनोमा मनाेज सुवेदी पनि साझेदार छन् । यिनै सुबेदीले राज्यलाई कराेडाै रूपैयाँ कर तिर्नुपर्ने रहेको छ । राज्यलाई कर नतिर्ने बिबादास्पद छवि भएका यिनै मनाेज सुबेदीलाई प्रहरीले एयरपोर्टमा भिआइपी कक्ष उपलब्ध गराउनुकाे पछाडि के उद्देश्य रहेको छ ।प्रश्न उठेको छ ।
मनाेज सुवेदी महिनाको तीन देखि चार पटक सम्म भैरहवा आउने गर्छन् । भैरहवा आउंदा र यहाँबाट काठमाडौ जांदा भैरहवा बिमानस्थलकाे सुरक्षाको लागि खटिएको प्रहरीले मनाेज सुबेदीलाई बिमानस्थलकाे भिआइपी कक्ष उपलब्ध गराउदै आएको त्यही खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए । उनलेे भने , सुबेदीलाई भिआइपी कक्ष प्रयोग गर्न मात्रै हाेइन चियापान देखि नास्ता समेत खुवाउने काम प्रहरीले गर्दै आएको छ। अहिले गाैतमबुद्व अन्तर्राष्ट्रिय बिमानस्थल बनेपछि सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीका एसएसपी राजेन्द्र सिंह खड्का नेतृत्वको प्रहरीले गर्दै आई रहेको छ ।मनाेज सुबेदीले क्यासिनोबाट प्राप्त हुने अबैध रकम ल्याउने गरेको कारण पनि उनको चेकजाँच नहुने र भिआइपी कक्ष प्रयोग गरेको हुनसक्ने ती प्रहरी निरीक्षकले आशंका गरे । एयरपोर्टकाे प्रहरी प्रमुखलाई निर्माणा हाेटलमा निशुल्क सेवा उपलब्ध गराएवापत प्रहरी प्रमुखले सुबेदीलाई भिआइपी कक्ष प्रयोग