गोपाल
ढकाल, मनोविद्
बालबालिकामा
पनि मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै हुन्छ।
विभिन्न अध्ययानहरुले देखाए अनुसार ५०% मानसिक समस्या
१४ बर्ष नपुग्दै शुरु
भइसकेको हुन्छ ।
प्रत्येक
५ बालबालिका र किशोर–किशोरीमध्ये
१ जना मानसिक रोगबाट
ग्रसित रहेको पाइन्छ ।
नेपाल
स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा पनि १६
वर्षका उमेर समूहका (७.७) प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या
रहेको पाईएको छ ।
डिप्रेसन
जस्ता मानसिक रोग तथा अन्य
कारणले गर्दा बालबालिकामा आत्महत्याको दर पनि पछिल्लो
समयमा बढ्दै गएको पाइन्छ ।
यो दुःखद् कुरा हो ।
आर्थिक बर्ष २०७८–२०७९
मा २५३ जना बालक
तथा ४५६ जना बालिकाले
आत्महत्याको कारण आफ्नो ज्यान
गुमाउनु परेको नेपाल प्रहरीको तथ्यांकले देखाउछ ।
बालबालिकामा
देखिने डिप्रेसन के कारणले हुन्छ
?
बालबालिका
डिप्रेसन हुनुमा धेरै कारणहरु हुन
सक्छन् । बाल
सुलभ हुर्काइ बढाइको अभाव, पारिवारिक कलह, बेवास्ता, बाल
हिंसा, दुब्र्यवहार, अनावश्यक नियन्त्रण, अभिभावकको मुत्यु वा पारपाचुके, घर
परिवार तथा विद्यालयले दिने
दण्ड– सजाय, पढाईको तनाव, बुलिङजस्ता कारणले बालबालिकामा डिप्रेसन हुन सक्छ ।
यसैगरी
बालबालिकासँग बढी अपेक्षा गर्ने,
अरुसँग तुलना गर्नाले पनि बालबालिकामा डिप्रेसन
हुनसक्छ ।
परिवारमा
कसैमा डिप्रेसन छ भने वंशाणुगत
कारणले पनि बालबालिमा डिप्रेसन
हुन सक्छ । बालबालिकाले सहि
शिक्षा र संस्कार
पाएनन् भने पनि यसले
मानसिक समस्या आउन सक्छ ।
पछिल्लो समय बालबालिकामा ग्याजेट,
मोबाइलको बढि प्रयोग, भिडियो
गेम तथा सोसियल मिडियामा
बढि समय बिताउने गर्नाले
समेत बालबालिकामा डिप्रेसनको समस्या बढेको पाईन्छ ।
कस्तो
समस्या वा लक्षणहरु देखिन्छ
?
बालबालिकामा
डिप्रेसन हुँदा बयस्कमा देखिने लक्षण भन्दा फरक किसिमका लक्षणहरु
देखिन्छन् ।
डिप्रेसन
हुँदा बालबालिकाहरु निरन्तर उदासी नहुन सक्छन् ।
तर बालबालिकाको आनीवानी र ब्यबहारमा अस्वभाविक
परिवर्तन देखिन थाल्छ । एकोहोरो हुने,
जिद्दी गर्ने, खानामा मन नगर्ने वा
कहिले धेरै खाने गर्न
सक्छन् । यसैगरी एक्कसी रिसाउने,
झर्कने, पढाईमा रुचि नहुने, खेल्न,
घुमफिर गर्न मन नगर्ने
लक्षणहरु देखिन सक्छन् । डिप्रेसन
हुँदा बालबालिकाहरुले ध्यान केन्द्रित गर्न नसक्ने, निद्रामा
झस्किने, निष्क्रिय हुने जस्ता लक्षण
देखाउन सक्छन् ।
बालबालिकाहरु
खुलेर कुरा नगर्ने, अनावश्यक
रुपमा धेरै खुसी वा
दुःखी हुने गर्न सक्छन् । विना कारण
रुने, बेचैन हुने, चिडचिडापन देखाउन हुनसक्छ । धेरै घरबराउने,
घुलमिल नहुने, एकान्तमा बस्न रुचाउने हुनसक्छन् । पेट – टाउको
दुख्ने जस्ता लक्षणहरु बालबालिकामा डिप्रेसन हुँदा देखिने गर्छन् ।
समाधानका
उपायहरु के के हुन
?
बच्चामा
डिप्रेसन हुँदा अभिभावक, घर परिवारले विशेष
ख्याल पु¥याउनु पर्छ । अभिभावकको सकारात्मक
व्यवहारले बालबालिकामा हुने डिप्रेसन कम
गर्न सहयोग पु¥याउँछ ।
बालबालिकासँग नजिक हुने, उनीहरुका
समस्याको बारेमा कुरा गर्ने गर्नुपर्छ । बालबालिकालाई
पर्याप्त समय दिनुपर्छ ।
बालबालिकाको भावना बुझ्ने, उनीहरुको भावनालाई सम्मान गर्ने तथा उनीहरुका आफ्ना
भावनाहरु व्यक्त गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
बालबालिकालाई
आफ्ना उनीहरुको रुची र चाहनाको
ख्याल गर्नुपर्छ । बालबालिमा पढाईको
अनावश्यक वोझ कम गर्ने
र खेल्ने तथा मनोरञ्जन गर्ने
बाताबरण मिलाउनु पर्छ । बालबालिकामा डिप्रेसनको
समस्या देखिँदा आवस्यकता अनुसार विज्ञको मद्दत समेत लिनुपर्ने हुनसक्छ ।
(मनोविद्,
मार्क नेपाल मनोसेवा केन्द्र)