ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एकको सनाखत हुन सकेन

19.5k Shares

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ५ कार्किते भन्ने स्थानमा गत फागुन १ गते ना. ५ ख ८१३९ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा ट्याक्टरमा सवार रहेका गंगाबहादुर तामाङसहित दुई जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा मृत्यु हुने गंगाबहादुर तामाङको सनाखत भएको र अर्का मृतकको नाम दिपक श्रेष्ठ भन्नेसम्म खुल्न आएको र उनको घर, वतन तथा आफन्त हकवाला समेत फेला नपरेको साथै मृतकको साथमा फेला परेको मोवाइल फोनमा रहेको निम्न लिखित मोबाइल नं. ९८१८१८३४६७ को नुवाकोट जिल्ला जिलिङ— ५ का राजाराम तिमल्सिना र ९८६२९५३२५६ नम्बरको मोवाइल प्रयोगकर्ता ओखलढुंगाका सपना थापा मगर रहेको बुझिन आएको छ । 


सम्बन्धित समाचार