सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

9.2k Shares

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद सरस्वती बजिमयले आइतबार भएको खोटाङको आगलागीमा पूजा सामग्री पसल र दोस्रो तल्लामा रहेको एक लघुवित्तको कार्यालयलगायतमा क्षति पुगेकाले पीडितलाई यथाशीघ्र राहत दिन माग गर्नुभयो । आगलागीबाट हुनसक्ने ठूलो क्षतिबाट बचाउन सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले योगदान गरेको पनि उहाँले सुनाउनुभयो । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले ग्यास सिलिन्डर बाहिर फालेका कारण आगो धेरैतिर फैलन नपाएको सांसद बजिमयले बताउनुभयो ।

सांसद रघुजी पन्तले नेपाल दुई सदनात्मक संसदीय प्रणालीको अभ्यास गर्ने मुलुक भएको उल्लेख गर्नुहुँदै एउटा सभाका एक सांसदले बोलेको विषयलाई अर्को सभाले खेद प्रस्ताव पारित गर्ने अभ्यास गलत भएको बताउनुभयो । राष्ट्रियसभा वृद्धाश्रम नभई पाकाहरुको संसद् भएको उल्लेख गर्नुहुँदै प्रतिनिधिसभाका सांसदविरुद्ध खेदप्रस्ताव पारित गरिनु दुःखद् भएको धारणा राख्नुभयो । 

सम्बन्धित समाचार