२ सय ९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

21.6k Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ सय ९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२६ जना आइसियु र  ३६ जना भेन्टिलेटर, प्रदेश ५ मा २० जना आइसियु, प्रदेश १ मा  ७ जना आइसियु र १ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै प्रदेश २ मा ४, गण्डकी प्रदेशमा ६  र कर्णाली प्रदेशमा १० आइसियुमा उपचाररत रहेका छन् । 

बिहीबार २ सय २१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए। 

सम्बन्धित समाचार