रक्षक नै भक्षक ः एसपी, डिएसपी, प्रहरी निरिक्षक र सुवेदार मेजरको चर्काे असुली

22k Shares

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख, प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक, प्रहरी निरिक्षक र प्रहरी बरिष्ठ सईको मिलेमतोमा जिल्लामा ठूलो मात्रामा कमिसन असुली धन्दा फस्टाएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेल, प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक विजय यादव, प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक सुरेश ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई असोक गुप्ताले जिल्लाका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरुबाट चर्काे कमिसन असुल्ने गरेका एक प्रहरी अधिकारीले बताए । 

जिल्लाको सिमानाकामा रहेका पुर्वको संग्रामपुरदेखि पश्चीमको छतौनासम्मको सिमानामा रहेका हरेक प्रहरी युनिटहरुबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेल, प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक यादव, प्रहरी नायव उपरिक्षक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई गुप्ताले चर्काे कमिसन असुल्ने गरेका छन् । जिल्लाको पुर्वमा रहेको सिमा प्रहरी चौकी  संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, खुटौना, भाँडसर, बाराउद्योरण, मधुवनीगोठ, बहादुरपुर, बधुवनगाउँ, अर्नाहा, छन्कीटोला, खैर्वाबहुअर्वा, रामनगर बहुअर्वा, फेनरा, बलरा र छतौना सम्मका हरेक प्रहरी चौकीहरुबाट प्रति महिना रु २५ हजार र सिमा प्रहरी चौकी गोरखकालीबाट मासिक रु ७० हजार कमिसन असुल्ने गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरी अधिकारीले बताएका छन् । जिल्लाका सिमानाबाट हुने भन्सार छलीका सामानहरु ओसार पसारमा सहजता प्रदान गरिदिन भन्दै तस्करहरुसंगबाट सिमामा रहेका प्रहरी युनिटका प्रमुखहरुले कमिसन असुल्ने र जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने गरेका पाइएको छ । जिल्लाका सिमा प्रहरी चौकीहरुमा प्रमुख भएर जान जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी चौकी गोरखकालीलाई मासिक रु ७० हजार र अरु सिमा प्रहरी चौकीहरुमा मासिक रु २५ हजार बुझाउनु पर्ने भनेर टेन्डर नै लगाउने गरेको एक प्रहरी अधिकारीले बताए । उनले भने जिप्रकाका एसपी सावेह,डिएसपी साहेवहरु,इनिस्पेक्टर साहेव र सुविदार मेजरलाई कमिसन बुझाउन नसक्नेलाई सिमा प्रहरी चौकीमा प्रमुख भएर जान पाउने सपना सपना मै सिमिति हुन्छ । यसबाट पनि प्रष्ट हुन्छ की जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेल,प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक यादव, प्रहरी नायव उपरिक्षक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई गुप्ताको मिलेमतोमा अवैध कारोवारी गर्नेहरुको रजाई भएको छ । जिल्लाका सिमानाकाहरुबाट भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ताकपडाको तस्करी हुने गरेको पाइएको छ । जिल्लाका नाकाहरुबाट रातको समयमा भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ता कपडाको सिमामा रहेका प्रहरी चौकीहरुले समन्वय गरि दिने गरेका एक व्यापारीले बताए । जिल्लाका सिमा प्रहरी चौकीहरुका प्रहरीहरुको संरक्षणमा नेपालबाट भारततर्फ चिनी,तेल,सुर्तीजन्य पदार्थहरु,स्याउ,युनिलिभरका नक्कली उत्पादन,कस्मेटिक्स सामानहरूका साथै केराउ,मरिच र छोकडाको तस्करी हुने गरेको स्रोतको दाबी छ । त्यसका साथै मद्यिरा पनि व्यापक रुपमा भारततर्फ जाने गरेको छ । भारतको बिहार राज्यमा मद्यिरा निषेध भएकाले नेपालका सीमावर्ती नाकाबाट मद्यिराको तस्करी हुँदै आएको छ । सिमाको सुरक्षर्थ खटाइएका सुरक्षाकर्मीहरु कै सेटिङमा तस्करीको लाइन खुल्दा दुधको साँची बिरालो भने झैँ भएको एक स्थानियले बताए । जिल्लाका चर्चित व्यापारी,सन्तोष डिलर,विजय पुकार,हुसेनी र रामबाबु लगायतका व्यापारीहरुले तस्करी गर्ने गरेका र त्यस वापत प्रहरी कर्माचारीहरुले चर्काे कमिसन असुल्ने गरेका छन् । जिल्लाका चर्चित तस्करको नाम कमाएका सन्तोष डिलरले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षकलाई मासिक रु ५० हजार र ईलका प्रहरी कार्यालय र जिल्लाका सिमामा रहेका प्रहरी चौकीहरुलाई ५ हजारदेखि १५ हजारसम्म कमिसन बुझाउने गरेकाउनि आफैँले बताए । उनिहरुले यूनिलिभर नक्कली सामान, केराउ, मरिच, छोकडा, कपडा, सुर्ती जन्यपदार्थ र किरानाका सामानहरु समेतको ओसार पसार हुने गरेका छन् ।


सम्बन्धित समाचार