सिलवाल र सञ्जेललाई कार्यकर्ता संरक्षण गर्न नसकेको आरोप लगाउँदै दर्जनौं सक्रिय कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश

25.9k Shares

ललितपुर, १० कात्तिक । आफ्नो कार्यकर्तालाई संरक्षण गर्न नसकेकै कारण चुनावको मुखैमा ललितपुर क्षेत्र नं. १ का एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ ।


ललितपुर क्षेत्र नं. १ संघीय सांसदका उम्मेदवार नवराज सिलवालकै वडाका निवर्तमान वडाअध्यक्ष तथा छायाँ मेयरको रुपमा हेरिएका बालमुकुन्द घिमिरेलगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेपछि सिलवाल तिल्मिलाएको स्वयम् निवर्तमान वडाअध्यक्ष घिमिरेले बताए ।


त्यसैगरी, ललितपुर क्षेत्र नम्बर १ ‘ख’ प्रदेशका एमालेका उम्मेदवार चेतनाथ सञ्जेलको भतिजसहित उनकै गोदावरी नगरपालिका वडा नं. १० का नवराज सिलवालको दाहिने हात मानिँदै आएका दर्जनौं नेता तथा कर्याकर्ताहरु पनि नेपाली कांग्रेसको घरदैलो कार्यक्रममा सरिक भई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

एमाले प्रतिनिधि सभा उम्मेदवार नबराज सिल्वालका दाहिने हात मानिँदै आएका तथा एमाले प्रदेश सभा उम्मेदवार चेतनाथ संजेलका वडाका युथफोर्स जिल्ला सदस्य सबिन चालिसे, पवन सिंसहित दुई दर्जनभन्दा बढी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । 


नव प्रबेशीहरुलाई गठबन्धन तर्फका प्रतिनिधि सभा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्सेर राणा र प्रदेश सभा उम्मेदवार मीनकृष्ण महर्जनले खादा र टिका  लगाएर प्रबेश गराएका थिए । ललितपुर क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवारहरुको निकै माहोल राम्रो देखिनुका साथै गठबन्धनको उम्मेदवारको जित पक्कापक्की जस्तो माहोल देखिएको छ ।

एमालेका नवराज सिलवाल र चेतनाथ सञ्जेललाई आफ्नो कार्यकर्ता संरक्षण गर्न नसकेको भन्दै ललितपुर क्षेत्र नं. १ का एमालेका नेता तथा कार्यकर्ताहरु रुष्ट भएकै कारणले पनि आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रभाव पर्नसक्ने एमालेकै नेता तथा कार्यकर्ताहरुले बताउने गरेका छन् । 


सम्बन्धित समाचार