काठमाडौं, २५ कात्तिक । पर्सा भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ताकपडा वीरगंज नाकाबाटै भित्रने गर्दछ । वीरगंज नाका नेपालको सबैभन्दा बढी आयात हुने नाकामा पर्दछ । पर्साका भारतसँग जोडिएको भिस्वा नाकाबाट व्यापकरुपमा तस्करी हुने गरेको छ । रातिको समयमा नाकाबाट सामान तस्करी हुने गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) भिस्वाका इञ्चार्ज र प्रहरीको सइको संरक्षणमा नेपालबाट भारततर्फ स्याउ, युनिलिभरका नक्कली उत्पादन, फेयर एण्ड लभ्लीजस्ता कस्मेटिक्स सामानहरूका अलावा केराउ, मरिच र छोकडाको तस्करी हुने गरेको छ । त्यसका अलवा मदिरा पनि व्यापकरुपमा भारततर्फ जाने गरेको खबर छ ।
भारतको बिहार राज्यमा मदिरा निषेध भएकाले नेपालका सीमावर्ती नाकाबाट मदिराको तस्करी हुँदै आएको छ ।
प्रहरीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा किशोर जैसवाल, उनका छोरा मुन्ना जैसवाल र उनका भतिज रामु जैशवाल , शशिकान्त कुसवाह र मुना जैसवाल मुख्य रहेका छन् । यूनिलिभर नक्कली सामान रामु जैसवालले तस्करी गर्दै आएका छन् । रामुले केराउ, मरिच, छोकडासमेत बीओपीको टोलीलाई मिलाएर भारततर्फ तस्करी गर्दै आएको श्रोतको दावी छ । शशिकान्तले कवाडको तस्करी गर्दै आएको छन् । मुना जैसवाल टोलीले स्याउको तस्करी गर्छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट र प्रहरीको सइलाई मासिक दररेट अनुसार बुझाएर आफ्नो कारोबार निर्वाध गर्दै आएका छन् ।
रामु जैसवालले केराउ, मरिच, छोकडा, यूनिलिभरका उत्पादन तस्करी गर्न छुट दिएबापत मासिक १ लाख २० हजार सशस्त्र र प्रहरीलाई बुझाउने गरेको श्रोत बताउँछ । भिस्वाका यी व्यापारीहरूले बजार व्यवस्थापन समितिको पदाधिकारीको मिलेमतोमा वीरगंजबाट सामान ल्याई स्टोर गर्ने र रातिराति भारततर्फ पठाउने गरेको जानकारी प्राप्त<