गठबन्धनमा खटपट , देउवालाई माधव नेपालको धोका

18.4k Shares
  • काठमाडौं, ३० असोज सत्ता गठबन्धनमा रहेका मुख्य दल नेपाली कांग्रेस नेकपा (एकीकृत समाजवादी) बीच खटपट सुरु भएको खासगरी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी निर्वाचनको लागि माधव नेपालको दलले सहयोग नगर्ने भएको

    देउवा डडेल्धुराबाट लगातार सात पटक चुनाव लड्दैछन् डडेल्धुरामा सत्ता गठबन्धनमा भएको सहमति भंग भएको सो जिल्लामा नेकपा (एस) कांग्रेस (बिपी) सँग सहकार्य गरेको कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल देउवासँग प्रतिष्पर्धामा छन्

    डडेल्धुरामा प्रदेशसभाका दुई सिटमा एउटा माओवादी अर्को नेकपा (एस) ले पाएको थियो तर, नेकपा (एस) ले पाएको प्रदेशको एक सिटमा कांग्रेसले नै उम्मेदवार उठाएपछि सहमति भंग भएको हो माधव नेपालले भने सहमति कार्यान्वयन गर्न जिल्लाका नेताहरुलाई दबाब दिएका थिए

    तर, उनको निर्देशन जिल्ला कमिटीले लत्याएको केन्द्रको सहमतिविपरित आफ्नो विरुद्धमा नेकपा (एस) लागेपछि देउवा माधव नेपालसँग आक्रोशित भएका छन् देउवाले आफूलाई माधव नेपालले धोका दिएको बताउने गरेका छन्

सम्बन्धित समाचार