गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

16.6k Shares

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।  नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । 

बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै एक माओवादी नेताले भने, ‘सैद्धान्तिक रुपले पार्टीको अडानलाई कायम राख्दै गठबन्धनलाई निरन्तरता दिनसक्दा सम्म निरन्तरता दिने निर्णय भएको छ ।’

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डले एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

बैठकपछि माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सकेसम्म गठबन्धनलाई जोगाउन पहल गर्ने निर्णय भएको रातोपाटीलाई बताए । उनले भने, ‘नेकपा माओवादी केन्द्रकै पहलमा गठबन्धन बनेकाले सकेसम्म गठबन्धन जोगाउन पर्छ भन्ने हाम्रो जोड रह्यो । 

सम्बन्धित समाचार