राष्ट्रपति संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघनः नेता केसी

21k Shares

काठमाडौं  असोज नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको बताएका छन्

प्रतिनिधि राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीको भनाई

बुधबार विहान समाजिक सञ्जालमार्फत राष्ट्रपतिको पछिल्लो कदमको विरोेध गर्दै उनले नागरिकता विधेयक कति सही गलत ? यो जनताको विवेकले ठम्याउने संसद तथा सरकारको जिम्मेवारीको विषय भएको उल्लेख गरेका छन्

उनले लेखेका छन्, किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलङ्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण पृथकीकरण तथा संविधानवादको हुर्मत लिएको छ।

सम्बन्धित समाचार