सुमेरुमा एक महिनाभित्र मृगौला ट्रान्सप्लान्ट गरिन्छ

33.8k Shares

डा. ललित कुमार यादव, मृगौला रोग तथा प्रत्यारोपण वरिष्ठ विशेषज्ञ, सुमेरु अस्पताल, धापाखेल

० मृगौला कस्तो खाले अंग हो ? यसले के काम गर्छ ?

मृगौला मानव शरीरको लागि अतिआवश्यक अंगको रुपमा लिइन्छ । मृगौलाले हाम्रो शरीरमा भएको रगतलाई शुद्धिकरण गर्ने काम गर्नुको साथै धेरै फङ्सनहरु जस्तो रगत बनाउने, रगतमा भएको एसिडलाई व्यालेन्स गर्ने, क्याल्सियम, भिटामिन डी र फस्फोरस जस्ता तत्वहरुको मेटाबोलिजमहरुमा यसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । मृगौलाको मुख्य काम भनेको रगत शुद्धिकरण गर्नु नै हो । हामीले दैनिक खानपिनदेखि लिएर हामीले गर्ने गतिविधिबाट निस्किएको फोहोर पदार्थहरु रगतमा आउने गर्छ त्यसलाई छानेर चाहिने पदार्थहरु शरीरमा राख्छ र नचाहिने विषाक्त पदार्थ पिसावमार्फत शरीरबाट बाहिर फाल्ने काम गर्छ ।

० मृगौलालाई स्वस्थ राख्न के गर्नुपर्छ ?

मृगौलालाई स्वस्थ राख्न अहिलेको समयमा धेरै नै च्यालेन्जिङ छ । हामीले जुन लाइफस्टाइल अहिले एडप गरेका छौं त्यो नै मृगौलालाई स्वस्थ राख्नको लागि ठूलो बाधा हो । पहिला हामीले घरमा दैनिक प्रयोग गर्ने पानी धाराबाट सिधै खाने गथ्र्यौं र एक दुई घन्टामात्र बासी भयो भने त्यसलाई फालिदिन्थ्यौं । तर, अहिले त्यही पानी जारमा हप्तादेखि महिनौं दिनसम्म पनि राखेर पिउने गर्छौं ।  अर्को भनेको हामीले दैनिक ताजा अर्गानिक खानेकुराहरु खान्थ्र्यौं भने अहिले त्यही खानेकुराहरु हप्तौदिनसम्म प्याकेटमा राखेर खानुका साथै त्यसलाई स्वादिस्ट पार्नका लागि विभिन्न केमिकलहरु प्रयोग गरेर खाने गरेका छौं । अर्को भनेको सुगर, प्रेसर, मुटुको समस्या, पत्थरी, डाक्टरको सल्लाहबेगर जथाभावी औषधी प्रयोग गर्नु, पानी कम पिउनु, मानसिक तनाव आदि इत्यादिका कारण मृगौलालाई असर पार्ने गरेको छ । हाम्रो शरीरको एक अंग अर्को अंगमाथि कुनै न कुनै रुपमा आश्रित हुन्छन् । एक अंग विग्रिएको अवस्थामा अर्को अंगलाई पनि असर गर्न जान्छ । मृगौलालाई स्वस्थ राख्नको लागि सफा र स्वस्थबद्धक खानेकुराहरु खानुपर्छ । खानेकुरा खाँदा ब्यालेन्समा खाने गर्नुपर्छ । कार्वोहाइड्रेड, प्रोटिन, फ्याट र मिनरल्स तथा भिटामिनको उपयुक्त मात्रा मिलाएर खानुपर्छ । स्वस्थ पानी धेरै पिउने बानी बसाल्नुपर्छ । खास गरी गर्मीयाममा पानी धेरै खानुपर्ने हुन्छ । धेरै मानसिक तनाव लिनु भएन, बेलाबेलामा मृगौला कस्तो अवस्थामा छ भनेर रगत, पिसाव जाँचका साथै पेटको अल्टा«साउण्ड गर्नुपर्छ । त्यस्तै,  सुगर, प्रेसर, युरिक ऐसिड, शरीरमा चिल्लोपन कत्तिको छ ती सबै जाँच गरिरहनुपर्ने हुन्छ । यो एउटा मृगौलालाई स्वस्थ राख्ने उपायहरु हुन् ।

० मृगौलामा समस्या भएको कसरी थाहा पाउने ?

मृगौलाको सबैभन्दा ठूलो बिडम्बना के हो भने पत्तै नभई मृगौला बिग्रिएर अन्तिम अवस्थामा पुगिसकेको हुन्छ । मृगौला बिग्रिएको चौथो या पाँचौ स्टेजमा पुगेपछि मात्र मानिसमा त्यसका लक्षणहरु देखा पर्न थाल्छन् । त्यसपछिको स्टेज भनेको डायलासिस वा प्रत्यारोपण नै हो । शरीर कम्जोर हुँदै जाने, वान्ता आउने, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, शरीर सुन्निने, पिसाव कम लाग्ने, चिटचिटाहट हुने, शरीर कालो हुँदै जाने यी लक्षणहरु मृगौला बिग्रिसकेपछिको लक्षण हो ।

० मृगौला बिग्रने मुख्य कारण के होला ?

मृगौला बिग्रने मुख्य कारण भनेको अहिले विश्वव्यापी रुपमा हेर्ने हो भने सुगर, प्रेसर, मुटुको समस्या, पत्थरी, ग्लोमेरुलो नेफ्राइटिस, भास्कुलाइटिस,  पेनकिलरको सेवनले पनि मृगौला बिग्रन सक्ने धेरै सम्भावना रहन्छ । मृगौला आफ्नो स्वयम्को रोगले भन्दा पनि अन्य सिस्टमको रोगका कारणले गर्दा बढी खराप भएको पाइएको छ ।

० कति प्रतिशत मृगौला बिग्रेको अवस्थामा सामान्य औषधी उपचार गर्दा ठिक हुन्छ ?

मृगौला खराब भएको प्रारम्भिक अवस्थामा थाहा पाइएमा उपचार गर्न सकिन्छ या उपचार गर्दा ठिक हुनसक्छ ।  कतिपय अवस्थामा ठिक नभए पनि कन्ट्रोल गरेर त्यही अवस्थामा राख्न सकिन्छ । जस्तै सुगर कन्ट्रोल गरेर राखियो भने धेरै वर्षसम्म मृगौलालाई स्वस्थ राख्न सकिन्छ । प्रेसर र मुटुको समस्या पनि त्यस्तै हो । मृगौलामा पत्थरी छ भने बेलैमा उपचार गरियो भने मृगौला बिग्रनबाट बच्छ । मृगौला बिग्रिएर अन्तिम अवस्थामा पुगेको छ भने त्यसलाई डायलासिस गरी रगत सुद्धिकरण गरेर धेरै वर्षसम्म ज्यान बचाउन सकिन्छ । मृगौला आकस्मिक रुपमा खराव भएको छ भने त्यसलाई एक्युट किड्नी इन्जुरी भनिन्छ । जसलाई समयमै उपचार गर्दा दिगो रुपमा ठिक पार्न  सकिन्छ । तर, समयमा उपचार गरिएन भने दिगो रुपमा मृगौला खराव हुनजान्छ र पछि डायलासिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आउँछ ।

० मृगौला पूर्णरुपमा बिग्रिएको अवस्थामा डायलासिसबाट ठिक पार्न सकिन्छ ?

सकिँदैन । डायलासिस भनेको रगत शुद्धिकरण गर्ने प्रक्रिया मात्रै हो । यसले जिवनयापन सहजरुपमा पारेर आयु लम्ब्याउने माध्यम मात्रै हो । तर आकस्मिक एक्युट किड्नी इन्जुरी भएको अवस्थामा सर्पोटको लागि केही समय डायलासिस गर्नुपर्ने हुन्छ । मृगौला ठिक भएपछि डायलासिसको आवश्यकता पर्दैन ।

० पूर्णरुपमा मृगौला बिग्रिसकेको अवस्थामा डायलासिस ठिक की प्रत्यारोपण गर्दा ठिक हुन्छ ?

मृगौला पूर्णरुपमा बिग्रिसकेको अवस्थामा दुईवटा पद्धती छ एउटा डायलासिस र अर्को मृगौला प्रत्यारोपण । डायलासिसमा पनि दुईवटा पद्धती छ एउटा मेशिनमार्फत रगतलाई शुद्धिकरण (Hemodialysis)  गर्ने र अर्को पेटमा पानी राख्ने निकाल्ने प्रक्रिया (CAPD) गर्ने गरिन्छ । पेटबाट गर्ने डायलासिस प्रक्रिया (CAPD) मेशिनबाट गर्ने डायलासिस (Hemodialysis) भन्दा फाइदाजनक छ । आर्थिक हिसावले हेर्ने हो भने पनि यो निकै कम खर्चमा गर्न सकिन्छ । किनकी नेपाल सरकारले CAPD को लागि पानी  निःशुल्करुपमा उपलब्ध गराइदिएको छ । तर, डायलासिस गर्नुभन्दा मृगौला दान गर्ने व्यक्ति पाइयो र मृगौला रोगीको शारीरिक अवस्था ठिक छ भने प्रत्यारोपण गर्नु उपयुक्त हो । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले अन्य मानिसको जस्तो सामान्य

सम्बन्धित समाचार