१४५९ कोरोना संक्रमित थपिए

19.6k Shares

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ४५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५९ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४० हजार ६३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार