काठमाण्डौ, १२ भदौ । काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले अनधिकृत संरचना निर्माण र प्रयोजन परिवर्तनको रोकथाम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै शाहले कतिपले संरचना हटाउने वा भत्काउने कार्य गर्नुअघि न्यायिक प्रक्रियामा
जानुपर्ने सुझाब दिएकोप्रति लक्षित गर्दै विज्ञप्ति निकालेका शाहले कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुने तर्क गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ– “कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ । गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारवाही गर्न न्याय निरुपण गरिन्छ । कानूनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।”
आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुने भन्दै उनले मिचाहा प्रवृतीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने चेतावनी दिएका छन् ।
अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न कारवाहीको चरणमा रहेको उनले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ–“आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न पाउदैनन् । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण