नेपाल सरकारले युएईका राजपरिवारका सदस्यको औपचारिक सबै कार्यक्रम रोक्यो, ‘सुनको लौरो’ नक्कली !

17.4k Shares

काठमाडौं, ६ असार  । व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका युएईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनको निजी भ्रमण भएको हुँदा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि रोक लगाइएको हो । 

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले दिएको जानकारीअनुसार राजपरिवारका सदस्यले मस्जिद उद्घाटनदेखि विभिन्न सार्वजनिक कार्यक्रममा भाग लिने तयारी थियो ।

नेपाल सरकारको अनुमतिबेगर उनी नेपाल आएको हुँदा सार्वजनिक कार्यक्रममा रोक लगाइएको बताइएको छ । झापामै उनले मस्जिद र विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।

त्यसअघि शनिबार काठमाडौं ओर्लिएका राजपरिवारका ती सदस्यलाई भीभीआईपी कक्ष प्रयोग गर्न दिइएको थियो । दूतावासको अनुरोधमा दिइएको विमानस्थल प्रहरी स्रोतले जानकारी दियो ।

झापा पुगेर उनले व्यवसायी दुर्गा प्रसाईँलाई सुनको लौरो हस्तान्तरण गरेको समाचारहरु सार्वजनिक भएका थिए । तर उक्त लौरो नक्कली भएको पुष्टि भएको छ ।

विमानस्थलमा पनि उक्त लौरोको भन्सार तिरिएको छैन । भने परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको छैन ।  “एयरपोर्ट भन्सारबाट हुनै पनि सुनको लौरो नेपाल आएको छैन । कुनै पनि यात्रु  विदेशबाट नेपाल आउँछ भने भन्सारमा नेपालको कानुनअनुसार भन्सार लाग्ने कुनै पनि वस्तु ल्याएको छ भने भन्सार घोषणा गर्नु सम्बन्धित यात्रुको कर्तव्य हो ।  त्यसअनुसार भन्सार लाग्ने वस्तु भए घोषणा गर्नुप¥यो, नलाग्ने भए परेन ।   राजपरिवारका सदस्य र उहाँको टिमले त्यस अनुसार कुनै पनि प्रज्ञानपत्र भर्नु भएन ।  यसको अर्थ नेपालको कानुनअनुसार भन्सार लाग्ने कुनै पनि समान ल्याएको छैन भनेर उहाँहरुले बुझनुभयो ।”

उनले भन्सारबाट कुनै पनि सुनको लौरो नभित्रिएको बताए । “चर्चा भएको सुनको लौरो भन्सारबाट आएको छैन, हाम्रो अभिलेखमा पनि छैन,” उनले भने ।

सम्बन्धित समाचार