बहु प्रश्नपत्र प्रकरण : छानबिन गर्न बन्यो समिति

17.1k Shares
काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषय छानबिन गर्न समिति गठन गरिएको छ।
हुबहु प्रश्नपत्र छानबिनका लागि प्रा.घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । नयाँ गठन भएको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
स्नाकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षामा दुई विषयको प्रश्नपत्र अघिल्लो वर्षकै हुबहु देखिएको भन्दै विद्यार्थीहरुले छानबिन गर्न आग्रह गरेका थिए ।
सम्बन्धित समाचार