17.5k
Shares
जुम्ला, १ जेठ । कासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यान लै विजयी भएको हो । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।
धनबहादुरले दुई सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित भएका छन् । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छिन् ।