शेरबहादुर देउवाको गृह पालिकामा सातसय मत गणना हुँदा कांग्रेसको

16.3k Shares

काठमाडौं,  ३१ वैशाख । डडेलधुराको गन्यापुधुरा गाउँपालिकामा कांग्रेसले अग्रता हासिल गरेको छ । अहिलेसम्म सात सय मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ ।
सात सय मत गणना हुँदा कांग्रेस उमेदवार इन्द्रबहादुर कार्कीले ३६९ मत प्राप्त गरेका छन् ।
सो पालिकामा नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्ट, राप्रपाबाट कृष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाबाट टंकप्रसाद अवस्थी, नेपाली कांग्रेस बीपीबाट सुरेन्द्रबहादुर माली उमेदवार छन् ।
सो पालिकामा एमालेले कांग्रेस बीपीलाई समर्थन गरेको छ । कांग्रेस बीपीको १६३ मत प्राप्त भएको छ । गन्यापधुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका हो ।

सम्बन्धित समाचार