ललितपुर । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकालाई रिहाईको माग गर्दै ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका स्थानीयलाई प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ ।
आज बिहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएका छन् ।
अहिले जिल्ला प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ । गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मच्छिन्दनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो ।