15.6k
Shares
ललितपुर । पुल्चोकमा रातो मच्छिन्द्रनाथ तान्ने विषयलाई लिएर प्रहरी र सर्वसाधारणबीच भएको दोहोरो झडपमा पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका मध्ये ५ जनालाई कोरोना पुुष्टि भएको छ ।
पक्राउ परेका १७ जनामध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि एक जनालाई कोरोना पुष्टि भएको थियो । अझै ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।