मेरो प्लास्टर बिग्रिए फेरि दोहो¥याउन मिल्छ, तर कांग्रेस चुनाव हारे चुनाव दोहो¥याउन मिल्दैन ः बस्नेत

21.7k Shares

सिन्धुपाल्चोक । पहिले जनता बचाऔ, राजनिति पछि गरौंला, भन्ने मूल नारालाई पछ्याउँदै हिँड्नु भएका नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाका अभिभावक तथा पार्टीकै हस्तीका रुपमा रहनुभएका मोहन बहादुर बस्नेत यतिबेला जिल्लामा अन्य पार्टीका कार्यकर्तालाई धमाधम नेपाली कांग्रेस पार्टी प्रवेश गराउन व्यस्त रहनुभएको छ ।



नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बस्नेत भन्नुहुन्छ, ‘आफू बिरामी हुँदा उपचार गर्न जति सहज हुन्छ, सामान्य नागरिक बिरामी पर्दा उपचार गर्न कठिन हुन्छ, तर आफ्नो खुट्टा फ्याक्चर भई प्लास्टर गरिरहेको अवस्थामा प्लास्टर बिग्रिए पनि पछि अप्रेशन गरी फेरि प्लास्टर गर्न मिल्छ, तर कांग्रेस पार्टीले हा¥यो भने फेरि निर्वाचन दोहो¥याउन मिल्दैन’ भन्ने भावको नारासहित सिन्धुपाल्चोक जिल्लामा आफू अस्वस्थ हुँदा हुँदै पनि जनताको सेवामा निरन्तर लागिरहनुभएको छ । खुट्टा फ्याक्चर भई प्लास्टर गरेको अवस्थामा पनि जनताको सुख दुःखमा साथ दिनुका साथै जनताको सेवाका लागि खुट्टामा प्लास्टर गरेको अवस्थामा पनि आफ्नो खुट्टाको परवाह नगरी लागि परिरहनुभएको छ ।


नेपाली कांग्रेस पार्टीमा अन्य पार्टीका कार्यकर्ताहरु पार्टी प्रवेश कार्यक्रममा निरन्तर लागिरहेको अवस्थामा आज बलेफी गाउँपालिका लामोसाँघुद्वारा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका अभिभावकको रुपमा प्रस्तुत हुँदै आइरहनुभएका नेपाली कांग्रेसका प्रभावसाली केन्द्रिय सदस्य पुर्ब मन्त्री मोेहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा एमाले माओवादीका ४८ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गराउनुका साथै सो गाउँपालिकाको विभिन्न वडाहरुमा लाखौं रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री समेत वितरण गर्नुभएको थियो ।


सो पार्टी प्रवेश कार्यक्रम तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद विभाग सचिव मीन कृष्ण महर्जनलगायत जिल्लाका नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।



सम्बन्धित समाचार