ब्ल्याकमेल गरी नाबालिकामाथि करणी गरेको आरोपमा युवक पक्राउ

15.6k Shares

 काठमाडौं । महानगरीय प्रहरी परिसर  काठमाडौंले फेसबुकमार्फत नाबालिकालाई ब्ल्याकमेल गरी करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पनौती नगरपालिका-१ स्थायी घर भई ललितपुरको पाटन-सुन्धारा बस्‍ने २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।

उनले सौगात महर्जन नामक नक्कली फेसबुक एकान्टमार्फत साथी बनाई उक्त नाबालिकालाई भिडियो कल गरेर अश्लील भिडियो बनाएर करणी गरेर फरार भएका थिए ।

पक्राउ परेका उनीमाथि सरकारी वकीलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतबाट मूद्दा दर्ता गरी आदेश लिई पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । साथै आफ्ना बालबालिकाहरुलाई समयमै सचेत गराउन अभिभावकलाई परिसले अनुरोधसमेत गरेको छ ।

सम्बन्धित समाचार