1.2k
Shares
म्याग्दी – एक हप्तापछि आज शुक्रवार बिहान खुलेको बेनी–दरबाङ सडक फेरि बन्द भएकाे छ ।
पहिरो खसेपछि बेनी–दरबाङ सडक खण्डकाे फाफरखेतमा सीधा गाडी आवतजावत बन्द भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार रातको समयमा जोखिम धेरै हुने भएकाले गाडी आवागमनमा रोक लगाइएको छ भने भोलि शनिवार बिहान पहिरो पन्छाएर सडक खुलाइनेछ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेकाे फापरखेतमा गएकाे असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सडकमा बिहानदेखि गाडी चल्न थालेकाे थियाे ।