16.5k
Shares
काठमाडौँ । एकीकृत समाजवादी(नेकपा एस)का नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए।
उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए। तर निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।