आइसिसी टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टिम घोषणा

17k Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टिम घोषणा गरेको हो ।

विश्व कप छनोट खेलका लागि प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन् । तर, टिममा सोमपाल कामी समावेस छैनन् । उनले प्रधानमन्त्री कपमा प्रभावकारी खेल देखाउन सकेका थिएनन् । यस्तै टिममा विकेटकिपर विनोद भण्डारी पनि परेका छैनन् ।

नेपाली राष्ट्रिय टिममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम छनोट भएका छन् ।

विश्व कप छनोटको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन् ।

सम्बन्धित समाचार