देउखुरी । भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्र कोइलबास नाका सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्टका प्रमुख माधबप्रसाद ढुङ्गेललाई प्रसंसा—पत्र प्रदान गर्दै सशस्त्र प्रहरी बल नेपाल नं.२९ हेक्वा ज्वालामाई गण भालुवाङले सम्मान गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाको प्रमुखको माधबप्रसाद ढुङ्गेललाई सीमा सुरक्षा, समकक्षीहरुसंग सुमधुर, अपराधिक क्रियाकलापमा संलग्न ब्यक्ती तथा अवैध हात हतियार बरामद लगायत आफ्नो जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाएको भन्दै सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख टोप खनालले बिहिवार एक कार्यक्रमका विच प्रसंसा—पत्र सहित सम्मान गर्नुभएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दाङको कोइलाबास नाकाको प्रमुखको रुपमा कार्यरत रहि आफुलाई प्राप्त जिम्मेवारीलाई अनुशासित इमान्दार र लगनशिल भइ भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा, समकक्षीहरुसँग सुमधुर, अपराधिक क्रियाकलापमा संलग्न ब्यक्ती तथा अवैध हात हतियार बरामद लगायत आफ्नो जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई सशस्त्र प्रहरी बल नेपालको छवि उच्च बनाउने कार्यमा विशेष योगदान पु¥याएको भन्दै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दाङको कोइलाबास नाकाको प्रमुखको माधबप्रसाद ढुङ्गेललाई प्रसंसा—पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।