4.8k
Shares
ललितपुरको इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ।
रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भयो।
घटनामा अन्य ४ जना घाइते भएका छन्।
काठमाडौँ । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।
पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।