मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

6.3k Shares

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा प्रतिबन्ध लगाउन थालेको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि नै इरान युद्धका कारण विश्व बजारमा दबाब बढिरहेका बेला चीनको यो कदम आएको हो ।

गत मार्च महिनामा बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको छ।

यसअघि रहेका प्रतिबन्ध र युरियामा लगाइएको कोटासँगै अहिले चीनबाट सीमित मात्रामा मल निर्यात भइरहेको छ । अहिले विशेषगरी अमोनियम सल्फेट जस्ता मल मात्रै निर्यात भइरहेको छ।

यसको अर्थ, गत वर्षको तुलनामा चीनको करिब आधादेखि तीन-चौथाइ मल निर्यात प्रभावित हुन सक्छ, जुन करिब ४० मिलियन मेट्रिक टनसम्म हुन सक्छ।

चीन विश्वका सबैभन्दा ठूला मल निर्यातकर्तामध्ये एक हो । उसले गत वर्ष १३ अर्ब डलरभन्दा बढीको मल निर्यात गरेको थियो।

सम्बन्धित समाचार