कफ्र्युकै बीच रातो मच्छिन्द्रनाथको क्षमा पूजा 

17.5k Shares

काठमाडौं । कर्फ्युकै बीच रातो मछिन्द्रनाथका गुठियारहरुले आज क्षमा पूजा गरेका छन् । ललितपुरको पुलचोकस्थित मूल सडकमै रहेको रथअगाडि गुठियारहरुले क्षमा पूजा गरेका हुन् । 
बिहीबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि थप प्रदर्शन हुने सम्भावनाका कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । रिङरोडभित्र लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाएका छन् । हिजो रथ तान्ने क्रममा भएको झडपमा केही सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारण घाइते भएका थिए ।

सम्बन्धित समाचार