मेची राजमार्ग १२ घण्टापछि खुल्यो

5.9k Shares

इलाम, फागुन ६ गते । पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रुपमा यातायात सञ्चालनमा आएको छ ।  

मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुुङ्गासहितको पहिरो खसेर हिजो राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । बुधबा बिहान स्काभेटर प्रयोग गरेर ढुुङ्गा र पहिरो हटाइएपछि एकतर्फी रुपमा राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुुभयो ।

एकतर्फी रुपमा सडक सुुचारु गरिएपछि हिजोदेखि राजमार्गमा रोकिएर रहेका सयौं सङ्ख्याका यातायातका सवारी आफ्नो गन्तव्र्य तर्फ लागेका छन् । अझै पूर्ण रुपमा सवारी आवागमन गराउन केही समय भने लाग्ने घिमिरेले  जानकारी दिनुुभयो ।

साँघुुरो सडक भएकाले मेची राजमार्गलाई चौडा गरेर फराक बनाउन अहिले इलाम र झापाको सिमाना जोर कलसदेखि कोल्बुुङसम्मको काम भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । 

सम्बन्धित समाचार