समय मागेर ओलीले भेटे प्रधानमन्त्री कार्कीः चुनावको मिति धकेल्न ‘आग्रह’

5.4k Shares

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको मिति धकेल्नका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन्।

विहीबार प्रधानमन्त्री कार्कीलाई समय माग गरेर भेटेका ओलीले ३० मिनेटको वार्ताका क्रममा चुनावको मिति पर सार्नका लागि आग्रह गरेको उच्च स्रोतको दाबी छ।

ओली प्रतिनिधि सभा पुनःस्थापनामा सर्वोच्च अदालतको आदेश आउन ढिलो भएको र धकेलिएकोमा रुष्ट छन्। अदालतको आदेश दिने दिन नै चुनावको मिति पछाडि सरेपछि ओलीले निर्वाचन सार्नका लागि आग्रह गरेका हुन्। 

उनले फागुन २१ मा निर्वाचन हुने कुरामा अझै पनि विश्वास नगरेका कारण बुधबार मात्र झापाका नेता कार्यकर्तासँग ‘सम्भवतः फागुन २१ मा चुनाव हुन्छ’ भनेका थिए। 

यति मात्र होइन, यो चुनाव सम्भवतः नै रहेको भनी दाबी गरेको भोली पल्ट प्रधानमन्त्री कार्कीलाई भेट गरी उनले मिति धकेल्न प्रस्ताव गरेको बताइन्छ।

ओली एमालेबाट झापा–५ का उम्मेदवार हुन्। उक्त क्षेत्रमा ओलीलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्।

सम्बन्धित समाचार