काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताउनुभएको छ । गृहजिल्ला झापाबाट हिजो काठमाण्डाै फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको उहाँकाे भनाइ थियाे ।
पार्टी मुख्यालय च्यासलमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अस्ति म यताबाट झापा जाँदा अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गर्याे । हैरान पारेको छ । किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ । यो सरकार के गर्दैछ भन्दा बेथिति भइराखेको छ, अन्याय भइराखेको छ । सरकार हामीलाई दुदख दिने काममा लागिराखेको छ । अपमान गर्ने काममा लागिराखेको छ ।’
अध्यक्ष ओलीले देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको जिकिर गर्नुभयाे ।