लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

5.8k Shares

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण महतको तस्बिर भाइ डा. प्रकाशशरण महतले सार्वजनिक गरेका छन् ।

मंगलबार निर्वाचनमा उम्मेदवारी दर्ता गर्न अगाडि दाजुबाट आर्शीवाद ग्रहण गरेको भन्दै डा. महतले तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि अल्जाइमर्सबाट पीडित रहेका पूर्वअर्थमन्त्री महत भाइले सार्वजनिक गरेको तस्बिरमा पत्रिका पढ्दै गरेको देखिएको छ ।

डा। प्रकाशशरण महत आगामी फागुन २१ गते हुने निर्वाचनमा नुवाकोट १ बाट प्रतिस्पर्धा गर्दैछन् ।

सम्बन्धित समाचार