वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

5.9k Shares

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न राष्ट्रियसभाका तीनना सदस्यहरूले आइतबार राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको टिकट पाएपछि नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका छन्।

उता नेकपा एमालेकी सदस्य भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएकी छन् ।

वामदेव गौतम २०७४ सालमा एमालेबाट उठ्दा पराजित भएको बर्दिया क्षेत्र नम्बर १ बाट उठ्दैछन् । उनले नेकपाबाट टिकट लिइसकेका छन् ।

गृहजिल्ला गोरखामा पराजित भएपछि राष्ट्रिय सभातिर गएका नारायणकाजीले यस पटक सर्लाही क्षेत्र नम्बर ३ बाट उठ्न टिकट लिएका छन् ।

उता भगवतीलाई एमालेले तनहुँ १ बाट उठ्न टिकट दिएको छ । यी तीनैजनाको राजीनमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुझेर स्वीकृत गरेका छन्।

सम्बन्धित समाचार