काठमाडौँ- नेकपा एमालेका दिवङ्गत नेता भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिको अग्रभागमा देखिएकी छिन्।
नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्षका रूपमा व्यावसायिक पहिचान बनाएकी अधिकारीले रास्वपाबाट समानुपातिकतर्फ (खस-आर्य समूह) उम्मेदवारीको आकांक्षा राख्दै आफ्ना मुख्य योजनाहरू सार्वजनिक गरेकी छिन्।
अधिकारीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सामाजिक न्याय, युवा स्वरोजगार र महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

अधिकारीका मुख्य चुनावी प्रतिबद्धताहरू:
लामो समय व्यावसायिक क्षेत्रमा अनुभव बटुलेकी अधिकारीको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनका पिता भरतमोहन अधिकारी ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र ‘वृद्धभत्ता’ जस्ता लोकप्रिय कार्यक्रमका सूत्रधार मानिन्छन्।