पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

5.7k Shares

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न लागेको छ ।

अख्तियारले विमानस्थल निर्माणको प्रक्रियामा जोडिएका सबै पूर्वमन्त्री, पदाधिकारी र संलग्न अधिकारीहरूलाई विपक्षी बनाएर आइतबार नै विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गर्न लागेको छ ।

त्यस्तै, अख्तियारले विमानस्लथलको निर्णय प्रक्रियामा जोडिएका तत्कालीन सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको छ ।

मुद्दा दर्ताको लागि अहिले अख्तियारको टोली विशेष अदालतमा पुगेर दर्ताको लागि आवश्यक काम गरिरहेको स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार