जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

4.6k Shares

बाँके– ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर नगरपालिका- ११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार