आगलागी पीडितका लागि राहत सङ्कलन

7k Shares

हुम्ला । खार्पुनाथ गाउँपालिका– ४ को माझा आगलागी पीडितका लागि राहत सङ्कलन गरिएको छ । आगलागी भएको एक हप्तापछि पीडित पक्ष र सञ्चारकर्मीहरुको टोलीले सरदुमुकाम सिमकोटमा सो राहत सङ्कलन गरिएको हो । 

दुःखी रहेको घाउमा मलम पट्टी लगाउन र आगलागी पिडित थोरै भएपनि राहतको महशुस गराउन राहत संकलन गर्ने कार्य भएको पत्रकार महसंघ हुम्ला शाखाकी उपाध्यक्ष छपाल लामाले बताउनुभयो । आगलागी भएको एक साता पुग्दा पनि कँही कतैबाट सहयोग जुटाउन कार्य नभएको पाइएपछि सञ्चारकर्मीको अगुवाईमा राहत सङ्कलन कार्यमा लागेको उहाँले बताउनुभयो । 

एक दिन राहत सङ्कलन गर्दा एक लाख दुई हजार रुपियाँ सङ्कलन भएको र सो सङ्कलित राहत रकम आगलागी पीडित शोभन रावतलाई हस्तान्तरण गरिएको थियो । 

गत कात्तिक २६ गते खार्पुनाथ गाउँपालिका– ४ को मााझा गाउँमा रावतको घरमा आगलगी भएका पुर्ण रुपमा घर जलेर नष्ट भएको थियो । आगलागीबाट साँढे सात लाख नगद, अन्य जिन्सी सामान जलेर नष्ट भएको थियो भने अर्का स्थानीय कमल रावतको घरमा पनि आगलागीले क्षेती पुर्याएको थियो । हाल आगलागी पिडित आफन्तको घरको गोठमा बस्न बाध्य हुँदै आउनु भएको छ । यसअघि स्थानीय व्यापारले खाद्यान्न र कपडा सहयोग गर्नुभएको थियो ।

सम्बन्धित समाचार