घरभेटी

10.4k Shares

सुर्य चापागाईं 
खाएजस्तो नखाएजस्तो
भएजस्तो फुट्टीटाटजस्तो
दुःख हेर्ने आँखा छैन
बस्ने बेला बाटो छेकी
हाम्री घरभेटी।

सयौँपल्ट बाबु भन्छन्
कन्चो के छोड्थी फुट्टी गन्छ
भाडा बढ्यो हजुरआमाले घटाइदिनुपर्छ
महँगाईले आकाश छोयो, लौ दुनियाँ मन्यो
जागिर बढ्छ सबैलाई, हाम्रो भाडा बढ्छ
छोरा जस्तै मानेकी छु बाबु, बस्नुपर्छ
मुख उसको नौनीजस्तो,
मनमा ढुङ्गोजस्तो
हाम्री घरभेटी।

विद्यार्थीको बसाइ छ, बत्ती बाल्यो भन्छन्
पानी पनि नचलाउनू? मिटर बढ्यो भन्छन्
कहिले आउँछन् साथीभाइ,
कहिले आउँछन् दाइ
बस्न दिन्न दुई दिनदेखि आफ्ना मान्छेलाई
निद्रा लाग्छ आठै बजे उसलाई टी.भी. हेर्दा
बल्लतल्ल हेर्न दिन्छन् सबै, गई घेर्दा।

लोग्नेसँग सन्किएर बोल्दै बोल्दिन
भोलिदेखि टि.भी. अब खोल्दै खोल्दिन

लोग्ने रिझाएर खाएकी
हाम्री घरभेटी ।

घर छ मिनी होस्टल जत्रो
विद्यार्थी बस्छन् धेरैजस्तो
नुहाउन पाइँदैन पानी सकियो
आफ्नो मान्छे दिसा जान्छ, ट्वाइलेट भरियो ?

कति सानु कुचुक्क छ हामी बस्ने कोठा
मान्छे पनि नअटाउने खाटै कति छोटा
मान्छे भने ठूला जस्ता चित्त कति साना
दुई-तीन वर्ष डेरा बस्ने हामी पुराना

नयाँ आउने आला काँचा जति मागे तिर्छन्
पचास रुपियाँ अझै बढ्यो हामीलाई नै पिर्छन् ।

यति धेरै घर बन हाम्रो घर छैन
डेरा बस्ने विद्यार्थीलाई कहिले होला चैन
कस्ले दिन्छ सित्तै मठी, कस्ले दिन्छ पाथी
यो दुनियाँ स्वार्थी रैछ कुरा बुझ्यौ साथी ?

सम्बन्धित समाचार