सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउन सांसद साउदको सुझाव

8.2k Shares

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताए ।

‘हरेक वर्ष बजेट आउने गरेको छ । यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका छौँ । बजेटको सिद्धान्त र प्राथमिकता सरकारले नै निर्धारण गरेको होला । नीति तथा कार्यक्रममा छलफल भएको छ,’ साउदले भने, ‘नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको छ । शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजविहीनहरूको हितको अन्तरविरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ?’

विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माणका लागि उनले सरकारलाई सुझाव दिए ।

सम्बन्धित समाचार